site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा सत्ता गठबन्धनको बैठक : कांग्रेस सत्ता पक्षको लहरमा बस्ने

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुअघि सत्ता गठबन्धन दलको बैठक बसेको छ । 

नेपाली कांग्रेस प्रदेश समितिको विराटनगरस्थित कार्यालयमा दलको बैठक बसिरहेको छ । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपालगायत बैठक बसिरहेको छ । 

कांग्रेस सांसद भीम पराजुलीले दिएको जानकारीअनुसार गठबन्धन दलका तर्फबाट कार्कीलाई विश्वासको मत दिने निर्णय भएको छ । 

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा भएको बैठकमा कांग्रेसका सांसदहरू सत्तापक्षको ‘रो’ मा बस्ने निर्णय भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका हुन । 

कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ र कांग्रेसका आठ सांसदले समर्थन गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्