site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विदेशमा रहेका नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिँदा मात्र निर्वाचन निष्पक्ष हुने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनप्रगतिशीलआबद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)सँगको भेटमा उनले विदेशमा रहेका नेपालली मत हाल्न नपाउँदा निर्वाचन फर्जीजस्तो भएको टिप्पणी गरे ।

“धेरै नेपाली विदेशमा छन्, उनीहरूलाई मतदानको अधिकार दिएपछि मात्रै फेयर इलेक्सन हुने भयो । विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जी हुने भयो, उहाँबाट फोन गरेका भरमा मत राख्नुपर्ने,” उनले भने, “सोसल मिडियाजस्ता विभिन्न माध्यमबाट प्रभावित गर्ने खतरा भयो ।”

निर्वाचन भनसुनका आधारमा हुनेजस्तो भएकाले विधिमा ल्याउन, वस्तुगत र वैज्ञानिक बनाउन चुनावको अधिकार दिन पहल गरिएको उनले बताए ।

अर्को चुनावमा प्रवासीलाई मतदान गराउनुपर्ने भनेर निर्वाचन आयोगलाई निर्देशन दिइएको उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्