site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडीमा असिनापानीले बालीनाली सखाप
फाइल तस्बिर ।

बैतडी । वर्षासँगै परेको असिनाले बैतडीका विभिन्न स्थानमा बाली सखाप पारेको छ । आइतबार बेलुका परेको असिनापानीले डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिकासहित पुर्चौडी नगरपालिकालगायत स्थानमा बाली नष्ट गरेको हो ।

असिनापानीले पाकेको धान, भटमास, कोदो र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए ।

पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएका सबै तरकारी समेत असिनापानीले नष्ट गरेको छ ।

दिनभरि मौसम सफा रहे पनि साँझपख वर्षा भएको थियो । वर्षाका कारण  खरफागलामा काटेर सुकाएको खर घाँस समेत क्षति भएको दोगडाकेदारकी अन्जु भाटले बताइन् ।

हिउँदमा पशुचौपायालाई खुवाउन अहिले सबै खरफागालाको घाँस काटेर सुकाउने गरिन्छ । रासस

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्