site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले आठ सिटको पछि लाग्यो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले दलहरूबीच जति नै मतभेद र तिक्तता भए पनि मुलुक बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । नयाँ दलहरूको आगमनसँगै पुरानाको योगदानलाई पनि भुल्न नहुने उनको भनाइ छ ।

Argakhachi Cement Island Ad

नयाँ दलको ऊर्जासँगै संस्कृति पनि नौलो बनाएर जानुपर्ने धारणा उनले व्यक्त गरे । मुलुकका निम्ति अझै धेरै काम गर्न बाँकी रहेको उनले उल्लेख गरे ।

शर्माले ०६२–६३ को आन्दोलनपछि एमाले नौ र कांग्रेस आठपटक सरकारमा गएको बताए । देशमा भएका राम्रा र नराम्रा कामको सबैले जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘कांग्रेस ३२ सिटे माओवादीको पछि हिँडेको’ टिप्पणी गरेको स्मरण गर्दै उनले अहिले कोसी प्रदेशमा एमाले आठ सिटको पछि लागेको बताए ।

महामन्त्री शर्माले झापामा एमाले उदार भएका कारण आफू सांसद बन्न सफल भएको पनि बताए ।

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १७:४१
प्रतिक्रिया दिनुहोस्