site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस र एमालेका ४७ सांसद परिचय पत्रसहित प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर । कोसी प्रदेशमा मुख्यमन्त्रीमा केदार कार्कीलाई समर्थन गरेका एमाले र कांग्रेसका सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् । कांग्रेसका आठ र एमालेका ३९ सांसद परिचय पत्रसहित प्रदेश प्रमुखको कार्यालयमा भेला भएका हुन् । 

बिहीबार ४७ सांसदको समर्थनमा कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । काठमाडौंमा गठबन्धनको निर्णयपछि माओवादी केन्द्रका इन्द्र आङ्बो पनि दाबी पेस गरेका थिए ।

कोसीमा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ ।

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।

मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझसम्मको समय दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्