site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीको विषयमा प्रचण्डको सर्त : कांग्रेसले सर्वसम्मत नाम दिन्छ भने माओवादी पछि हट्न तयार छ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कोसी प्रदेशमा माओवादी व्याक हट्ने बताएका छन् । त्यसका लागि उनले सर्त राखेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा, डा. मीनेन्द्र रिजालसहित बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग बसेको बैठकमा प्रचण्डले सो लचकता देखाएका हुन् । तर, प्रधानमन्त्री प्रचण्डले शेखर कोइरालालाई मनाएर आउने सर्त राखेको बैठकमा सहभागी एक नेताले बताए । 

“प्रचण्डले आफू पछि हट्ने तर कांग्रेसले सर्वसम्मत नाम दिनुपर्ने धारणा राख्नुभयो । उहाँले शेखर कोइरालालाई मनाएर आउन भन्नुभएको छ,” एक नेताले भने, “तर, यो लिखित सहमति बनिसकेको छैन ।”

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १७:०९
प्रतिक्रिया दिनुहोस्