site stats
बाह्रखरी :: Baahrakhari
कला
फ्राइडे रिलिजमा ‘परदेशी–२’ र ‘कौसीद’

काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘परदेशी–२’ र ‘कौसीद’ आज रिलिज भएका हुन् । 

‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । रमेश बिजीको लेखन रहेको चलचित्रमा प्रकाश सपूत, दिलीप रायमाझी, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत कलाकार मुख्य भूमिकामा छन् । 

Argakhachi Cement Island Ad

कुमार भाष्करको निर्देशन रहेको ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । यो चलचित्र भने प्रचारबिना नै रिलिज भएको हो ।

भिडियो गेम शैलीमा बनेको चलचित्र ‘बासेन्जी’ पनि आजै रिलिज भएको छ । अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले यो चलचित्र निर्देशन गरेका हुन् ।

यो चलचित्रमा मिथिला शर्मा, सरिता गिरी, अंकित खड्का, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, प्रवेश उप्रेतीलगायत कलाकारले अभिनय गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०७:५५
प्रतिक्रिया दिनुहोस्