site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
घोराही सिमेन्टको सेयर मूल्य आईपीओ मूल्यभन्दा सस्तो

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको सेयर मूल्य सर्वसाधारणलाई बिक्री गरेकोभन्दा कममा झरेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज (बिहीबार) घोराही सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ ८० पैसा कायम भएको हो । आजै यो कम्पनीको सेयर मूल्य ४३० रुपैयाँसम्म झरेको थियो ।

यो कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा बिक्री गरेको थियो । तर, आज आईपीओको मूल्यभन्दा कम मूल्यमा यो कम्पनीको सेयर कारोबार भएको हो ।

दिनभरीको कारोबारमा यो कम्पनीको उच्च मूल्य प्रतिकित्ता ४३९ रुपैयाँमा करोबार भएको थियो ।

यो कम्पनीको ४४ हजार १४८ कित्ता सेयर एक करोड ९२ लाख ६५ हजार ६९१ रुपैयाँमा खरिद–बिक्री भएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्