site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री साउदसँग इजरायलको विदेश मन्त्रालयका अधिकारीको भेटवार्ता 

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग इजरायलको विदेश मन्त्रालयका उच्च अधिकारीले बिहीबार भेटवार्ता गरेका छन् ।

नेपालीको उद्धारका निम्ति इजरायलको तेल अभिभ पुगेका परराष्ट्रमन्त्री साउदलाई बेन गुरियन विमानस्थलमा त्यहाँको विदेश मन्त्रालयका शिष्टाचार महापालले स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार उनलाई स्वागत गर्न इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल पनि विमानस्थल पुगेकी थिइन् ।

परराष्ट्रमन्त्री साउद उद्धारको पर्खाइमा रहेका नेपालीलाई लिएर बिहीबारै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्