site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका घलान अवैध सुन लुट्ने गिरोहका नाइके

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर नियन्त्रणमा लिएको व्यक्ति सिन्धुलीका अमर घलान रहेको खुलेको छ ।

उनलाई कार्यालयको टोलीले काठमाडौंको बौद्धस्थित अत्तरखेलबाट बिहीबार गोली हानेर नियन्त्रणमा लिएको हो ।

उनको खुट्टामा गोली लागेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

काठमाडौंमा गोली चलाएर एक जनालाई लिइयो नियन्त्रणमा 

उनी विभिन्न ठाउँमा तस्करी र अवैध सुन किन्न, खोज्न हिँड्ने र सुन भेटिएपछि पेस्तोल देखाएर लुट्ने समूहका नाइके भएको प्रहरी स्रोतको भनाइ छ ।

उनले विभिन्न ठाउँमा गोली नै चलाएको खुलेको प्रहरीको दाबी छ । प्रहरीको गोली लागेर घाइते भएका घलानको अत्तरखेलको एनएमसी मेडिकलमा उपचार भइरहेको छ ।

उनको साथबाट प्रहरीले मेडइन यूएसए लेखिएको लोडसहितको पेस्तोल बरामद भएको प्रहरीको दाबी छ । 

प्रहरीले घलानसँगै सर्लाहीका ३६ वर्षीय शान्त लामा र सिन्धुपाल्चोकका ३० ववर्षीय जितेन लामालाई नियन्त्रणमा लिएको छ । उनीहरूले चलाएको दुईवटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्