site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गठबन्धनभित्र सहमति : शुक्रबारबाट संसद्को बजेट अधिवेशन अन्त्य 
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनको बिहीबार बिहान बसेको बैठकले भोलि (शुक्रबार)बाट संसद्को चालु अधिवेशन अन्त्य गर्ने सहमति गरेको छ । 

गठबन्धन बैठकमा सहभागी एक नेताका अनुसार संसद्को बजेट अधिवेशन अन्त्य गर्ने सहमति भएको हो । सहमतिबमोजिम मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन अन्त्यको सिफारिस हुनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन अन्त्य हुनेछ । 

“भोलिबाट अधिवेशन अन्त्य गर्ने गठबन्धनभित्र सहमति भएको छ । मन्त्रिपरिषद् बैठक बसेर निर्णय हुन्छ,” ती नेताले भने ।
 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्