site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
किसानलाई दूधको भुक्तानी तत्काल गर्न माग
फाइल तस्बिर ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सांसददेखि राष्ट्रपतिसम्मको तलब काटेर भए पनि किसानलाई दूधको मूल्य भुक्तानी गर्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले दूधको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरे ।

“देशभर किसान रोइरहेका छन्, दूधको भुक्तानी नदिएर सरकारले के दिन्छ ? हामी माननीयदेखि राष्ट्रपतिसम्मको तलब काटेर भए पनि किसानलाई दूधको भुक्तानी दिन माग गर्दछु,” उनले भने ।

किसानलाई भुक्तानी नदिने र दूध पनि नकिन्ने अवस्थाको अन्त्य गर्न उनले माग गरे ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्