site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अर्थतन्त्रको दबाबलाई सामना गर्न नीति तथा कार्यक्रम बनाउँदा ‘बोल्ड डिसिजन’ गर्नुपर्ने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न अबका नीति तथा कार्यक्रम बनाउँदा ‘बोल्ड डिसिजन’ गर्ने बताएका छन् । 

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस–सुधारका लागि सहकार्य’ कार्यक्रममा अहिलेका नीति तथा ऐनले पार नलाग्ने बताएका हुन् ।

यसका लागि आफूले सोच्न थालेको बताए । “हामी टालटुले सामान्य कुराले अहिलेको समाधान दिगो रूपमा गर्न सम्भव छैन,” उनले भने, “हामीले यो विषयमा सोच्नुपर्ने छ । त्यसो गर्न सकेनौँ भने हामीलाई अफ्ठ्यारो छ । हामीले आठ/नौ महिना सुधार गर्न बल त गरियो । वित्तीय र मौद्रिक नीति मिलाउन निकै तालमेल पनि भयो ।”

बैंकको ब्याज घटाउने केही कोसिस पनि भएको उनले बताए । त्यो एउटा सामान्य सुधार मात्र भएको उनको भनाइ छ । अन्य क्षेत्रमा केही सुधार भएको भए पनि अर्थतन्त्रको मुल समस्या समाधान हुन नसकेको प्रधानमन्त्री प्रचण्डले बताए ।   

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्