site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख आठ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

तेजाबी सुन प्रतितोला एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्