site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको कर्नाटकमा आगलागी हुँदा १४ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

कर्नाटक राज्यको राजधानी बैंग्लोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेका प्रहरीले जानकारी गराएको छ ।

पसल र जग्गा मालिकमाथि आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लगाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्