site stats
बाह्रखरी :: Baahrakhari
देश
सेती नदीमा डुबेर दुई बालबालिका बेपत्ता
प्रतीकात्मक तस्बिर ।

दिपायल । डोटीको सेती नदीमा नुहाउने क्रममा शनिबार दुई बालबालिका बेपत्ता भएका छन् ।

दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुलनजिक नुहाउने क्रममा दुई बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले बताए ।

उनका अनुसार बेपत्ता हुनेमा दिपायल सिलगढी–४, पिपल्ला बजारकी आठ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षीय सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको खोजीकार्य भइरहेको प्रनाउ श्रीवास्तले बताए ।

खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्