site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौं : मुख्यमन्त्री पाण्डे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट र बजेट बिनियोजनमा प्राथमिकता दिइएको बताएका छन् । “गण्डकी प्रदेशको विकासको मुख्य क्षेत्र पर्यटन हो, यसमा पनि जिल्लागत विविधता छ,” उनले भने, “मुस्ताङलाई हामीले पर्यटन र कृषिमा केन्द्रित गरेका छौँ ।” 

मुक्तिनाथ मन्दिर, कागवेनी धार्मिक क्षेत्र, कोरोला नाका र उच्च हिमाली मैदानमा खेल अभ्यास गर्ने पर्यटकलाई लक्षित बजेटसहित कार्यक्रममा प्रदेश सरकारको प्राथमिकता रहेको उनले बताए । 

“पर्यटन सँगै कृषिलाई पनि प्राथमिकता दिनुपर्छ, यहाँ उत्पादन हुने कयौँ प्रकारका स्याउ, आलु निकै प्रख्यात छन्,” उनले भने, “हरेक रेष्टुरेन्टका मेनुमा हुने मुस्ताङी आलु हामीले पुर्याउन सकेका छैनौँ, अब पुर्याउने गरी सामूहिक खेती गर्नुहोस्, प्रदेश सरकारले उत्पादनमा आधारित अनुदान दिनेछ ।”

दोस्रो पञ्चवर्षिय योजना निर्माणको क्रममा मुस्ताङमा आयोजित सरोकारावालाहरूको अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । उत्पादनमा आधारित अनुदानले किसानलाई व्यवसायिक हुन प्रेरित गर्नुका साथै बढ्दो विदेशिने दर र बेरोजगारको समस्या कम हुने अपेक्षा प्रदेश सरकारको रहेको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्