site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि समझदारी भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढ्ने सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ । 

समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार अग्रवाल र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका तर्फबाट अध्यक्ष विनोद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

Argakhachi Cement Island Ad

समझदारीपत्रको मुख्य उद्देश्य रोजगारदाता र श्रमिकबीच असल श्रम सम्बन्धको विकास गर्दै लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरू सिर्जना, जीवनस्तर विकास, उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्नु रहेको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले विश्व श्रमबजारको इतिहासमा श्रमिक र रोजगारदाताहरूको विषय, सवाल, मुद्दामा आधिकारिक रूपमा सहकार्य भएको सम्भवत यो पहिलो अभ्यास भएको बताए । 

अध्यक्ष अग्रवालले यो समझदारी विदेशी लगानीकर्ताका लागि समेत सुखद् सन्देश बन्ने विश्वास व्यक्त गरे । 

केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले विगतमा रोजगारदाता र श्रमिकको सम्बन्ध ‘बाघ र बाख्रा’ जस्तो रहेको स्मरण गर्दै अब ‘पानी र माछा’को जस्तो हुने विश्वास व्यक्त गरे । 

रोजगारदाता र श्रमिकबीच सौहार्दपूर्ण वातावरण तयार भएको र रोजगारदाताहरूसँग समझदारी गरेर अगाडि बढ्न सकिने चरणमा आइपुगेको बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्