site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले युक्रेनलाई दियो इरानबाट जफत गरेको ११ लाख गोली

काठमाडौं । अमेरिकाले करिब ११ लाख गोली युक्रेनलाई दिएको जनाएको छ । गत वर्ष इरानबाट जफत गरिएका गोली युक्रेनलाई दिएको हो ।

अमेरिकी सेनाको मध्यपूर्व हेर्ने सेन्ट्रल कमान्ड (सेन्टकम)ले डिसेम्बरमा यमनतर्फ जाँदै गरेको जहाजबाट उक्त गोलाबारुद जफत गरेको बताएको छ ।

Argakhachi Cement Island Ad

युक्रेनले ठूलो संख्यामा गोलाबारुद प्रयोग गरिरहेका कारण यसका पश्चिमी साझेदारहरुले उत्पादनसँग संघर्ष गरिरहेको चेतावनी दिएका छन् ।

सेन्टकमले इरानबाट जफत गरिएको गोली सोमबार युक्रेनलाई हस्तान्तरण गरिएको बताएको छ । उक्त गोलाबारुद सुरुमा अमेरिकी नौसेनाले डिसेम्बर ९ मा रवान १ नामक देश नखुलाइएको जहाजबाट कब्जा गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्