site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
स्थानीय तहका कर्मचारी आन्दोलित (तस्बिरहरू) 

काठमाडौं । सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै स्थानीय तहका कर्मचारीहरूले बुधबार पनि आन्दोलन जारी राखेका छन् । 

सोमबारदेखि संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका हुन् ।

बुधबार माइतीघर मण्डलामा आफ्नो आन्दोलन यथावत् राखेका छन् । स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । 

संघर्ष समितिका संयोजक दीपक गौतमकाअनुसार स्थानीय तहका कर्मचारीलाई निजामतिको परिभाषाभित्र समेटिनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनैपनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग छन् । 

Karmachari-Andolan--(7)-1696411579.jpg

Karmachari-Andolan--(1)-1696411579.jpg

Karmachari-Andolan--(4)-1696411577.jpg

Karmachari-Andolan--(5)-1696411577.jpg

Karmachari-Andolan--(2)-1696411576.jpg

Karmachari-Andolan--(3)-1696411576.jpg

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्