site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा परकम्प गइरहेको हुँदा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बझाङमा गएको भूकम्पमा परी एकदर्जन भन्दा बढी मानिसहरू घाइते भएका छन् ।

आज दिउँसो २ः४० बजे बझाङको तलकोट गाउँपालिका आसपास केन्द्रबिन्दु बनाएर गएको ५.३ म्याग्नेच्युड, दिउँसो ३ः०६ बजे जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर गएको ६ं३ म्याग्नेच्युडको भूकम्प र त्यसपछि गएका पाँचवटा परकम्पमा परी एक दर्जनभन्दा बढी नागरिक घाइते भएका हुन् ।

परकम्प गइरहेको हुँदा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बझाङले अनुरोध गरेको छ ।

भूकम्पबाट निजी आवासलगायत सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूको समन्वयमा सुरक्षा निकायहरू परिचालन भइ तत्कालको खोज, उद्धार एवं राहतको कार्य भइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २३:०२
प्रतिक्रिया दिनुहोस्