site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हत्या, बलात्कारका मुद्दामा सजाय पाएकालाई आममाफी दिनु गलत हो : सांसद केसी
फाइल तस्बिर।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार, लागुऔषधलगायतका मुद्दामा सजाय पाएका व्यक्तिलाई आममाफी दिने कुरा गलत भएको बताएका छन् ।

मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो परम्परा गलत भएको बताए । पहिला यी कुरामा नदिने गरिए पनि अहिले विकृति आएको उनले बताए ।

“यो गलत परम्परा हो । पहिला मैले थाहा पाउँदा तीन, चारवटा कुरा हत्या, बलात्कार लागुऔषधमा माफी दिइँदैन थियो । अहिले जुनसुकैलाई पनि माफी दिने परम्परा भएको छ,” उनले भने, “त्यसमा राष्ट्रपतिलाई पनि मुछ्ने गरिएको छ, उहाँले त हस्ताक्षर गर्ने मात्रै हो । हाम्रो नेतृत्व गरेकाहरु चुकेका हुन् । भ्रष्टाचारविहीन समाज र सुशासन भन्ने कुरा नारामा मात्रै सीमित छ ।”

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:५६
प्रतिक्रिया दिनुहोस्