site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङमा खोलामा डुबेर बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवाखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ । बेलबारी–३ की तीन वर्षीया सानी तामाङको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनी बेलबारी–२ मा मामा सांगे लामासँग बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्