site stats
बाह्रखरी :: Baahrakhari
विदेश
स्पेनको नाइट क्लबमा आगलागी, १३ जनाको मृत्यु

काठमाडौं । स्पेनको मर्सिया सहरमा रहेका तीनवटा नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसलगत्तै नजिकैका दुईवटा क्लबमा आगलागी फैलिएको थियो ।

मृत्यु हुनेमा जन्मदिन मनाउन आएका परिवारका सदस्यसमेत रहेको बीबीसीले जनाएको छ । १४ जना बेपत्ता भएको समाचारमा उल्लेख छ । 

घटनाबारे अनुसन्धान भइरहेको बीबीसीले बताएको छ । 

आगो सुरु हुँदा एक २८ वर्षीया महिलाले आफ्नी आमालाई एउटा भ्वाइस नोट पठाइन्, ला वर्डाड डे मर्सिया अखबारका अनुसार उनले भ्वाइस नोटमा भनेकरुी थिइन्– आमा, म तिमीलाई माया गर्छु, हामी अब मर्दै छौं ।

उनी आफ्नो साथी र नजिकैको सहरका केही साथीहरूसँग घर बाहिर गएकी थिइन् । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:४८
प्रतिक्रिया दिनुहोस्