site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बोल्न पाउनुपर्ने माग राख्दै केहीबेर बैठक सञ्चालनमा अवरोध
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्न पाउनुपर्ने माग राख्दै सांसदहरूले बैठक सञ्चालनमा अवरोध गरेका छन् । 

बैठकमा शून्य समय र विशेष समय हटेको सभामुख देवराज घिमिरेले जानकारी गराएपछि राप्रपालगायत दलले बोल्न पाउनुपर्ने माग राख्दै बैठक सञ्चालनमा समस्या भएको हो । 

बैठकमा रास्वपा सभापति रवि लामिछानेलाई भने सभामुख घिमिरेले बोल्न दिएका थिए । 

केही बेर अवरोध भएको बैठक सञ्चालन भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्