site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य तोलामा ८०० रुपैयाँ घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँमा कारोबार भएको हो ।

गत शुक्रबार सुन प्रतितोला एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख सात हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी प्रतितोला ३५ रुपैयाँ घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:४६
प्रतिक्रिया दिनुहोस्