site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दिल्लीको तरकारी बजारमा भीषण आगलागी

काठमाडौं । दिल्लीस्थित ‘एसियाकै सबैभन्दा ठूलो’ तरकारी बजारमा शुक्रबार साँझ भीषण आगलागी भएको छ । तरकारी मण्डीमा भएको आगलागीको भिडियो सार्वजनिक भएको छ, जसमा धेरै पसल जलेको देख्न सकिन्छ ।

समाचार एजेन्सी एएनआईका अनुसार आजादपुर तरकारी बजारमा शुक्रबार साँझ आगलागी भएको हो । आगलागीमा हालसम्म कुनै मानवीय क्षति नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

तर, आगलागी भएको जानकारी पाएलगत्तै ११ वटा दमकल घटनास्थलमा खटाइएको छ । आगलागी र त्यसपछिको अवस्था नियन्त्रणमा लिन उद्धारकर्मीहरू निरन्तर खटिरहेका छन् ।

आजादपुर मण्डीको गेट नम्बर १ मा आगलागी भएको छ । एएनआईले जारी गरेको भिडियोमा एकैसाथ कैयौँ आडटा (बजार पसल)मा ठूलो आगो लागेको देख्न सकिन्छ ।

आजादपुर मण्डीको गेट नम्बर १ नजिकै आगलागी भएको जानकारी पाएको दमकलका अधिकृत पारस कुमारले बताएका भारतीय पोर्टल न्युज २४ ले लेखेको छ । आगलागीको कारण भने खुल्न नसकेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  २०:५७
प्रतिक्रिया दिनुहोस्