site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मधेसमा सुशासन कायम गर्न एमाले नेतृत्वको सरकार बन्नुपर्छ : योगेश भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न नेकपा (एमाले)को सरकार आवश्यक रहेको बताएका छन् । 

बिहीबार एमाले मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन् । 

उनले अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको बताए । 

मधेसी समुदायको स्वाभिमानलाई माथि उठाउन पनि मधेस सरकारको नेतृत्व एमालेले गर्नुपर्ने बताए । सचिव भट्टराईले २०८४ सालमा मधेस सरकार एमाले नेतृत्वमा बनाउने गरी अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले भने, "आर्थिक अनियमितताका धेरै केसहरू मधेसमा छन् । त्यसले गर्दा मधेसको सुशासन कमजोर देखिन्छ । स्थानीय तह,  प्रदेश सरकारमा पनि देखिन्छ । त्यसकारणले हामीले मधेसी जनताको र मधेसको स्वाभिमानलाई माथि उठाउने र मधेशको आर्थिक, सामाजिक समृद्धिको काम गर्नको निम्ति एमालेको सरकार चाहिन्छ ।" 

एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ गते हुँदै छ । जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेस प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्