site stats
बाह्रखरी :: Baahrakhari
देश
वर्षापछि धनगढी जलमग्न
झन्डै डेढ घण्टासम्म सोमबार बिहान भएको वर्षाले जलमग्न बनेको धनगढी उपमहानगरपालिका—१ को मुख्य सडक क्षेत्र । तस्बिर : सिद्धराज भट्ट/रासस ।

कैलाली । अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।

आज बिहान अस्पतालको पुरानो भवनमा झन्डै एक फिटसम्म पानी जमेपछि उपचार व्यवस्थापनमा कठिनाइ भएको हो । जमेको पानीले बिरामी, कुरुवा र स्वास्थ्यकर्मीलाई आवागमनमा समस्या भएको छ ।

Argakhachi Cement Island Ad

वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् । बजारका मुख्य सडकमा दुई/तीन फिटसम्म पानी जमेपछि आवागमन असहज बनेको छ ।

अधिकांश सरकारी कार्यालय परिसर जलमग्न बनेका छन् । उपमहानगरपालिका कार्यालयले स्काभेटरमार्फत जमेको पानी निकासको प्रयास थालेको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्