site stats
बाह्रखरी :: Baahrakhari
देश
सल्यानमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु
Argakhachi Cement Island Ad

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । 

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुईजनाको घटना स्थलमै मृत्यु भएको उनले जानकारी दिए ।  

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको  थियो । दुर्घटनामा एकजना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रासस 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्