site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नारायणीले भनिन्– हाम्रो जिल्लामा नेविसंघ, तरुण दल र महिला संघ दुईवटा छन् कुन आधिकारिक ? 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यले नै जिल्लामा भएका दुई–दुई वटा भातृ संस्थाका कार्यसमिति कुन आधिकारिक भन्दै प्रश्न उठाएका छन् ।

बारा जिल्ला घर भएकी केन्द्रीय सदस्य नारायणी रायमाझीले यस्तो प्रश्न उठाएकी हुन् । 

“हाम्रो जिल्लामा दुईवटा महिला संघ छ, दुईवटा नेविसंघ छ, दुईवटा तरुण दल छ,” केन्द्रीय सदस्य रायमाझीले भनिन्, “दुवै कांग्रेस हुन् कुन चाहिँ आधिकारिक ?” उनले दुवै कांग्रेस भएपनि त्यही कारण आपसी द्वन्द्व बढिरहेकाले मिलाउन केन्द्रबाट आवश्यक पहल हुनुपर्ने बताइन् ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्