site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचेतक भन्छन्– सहमति कार्यान्वयन गर्न सरकार जिम्मेवार छैन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउने र क्षेत्राधिकार तोक्ने विषयमा सरकार जिम्मेवार नभएको आरोप लगाएको छ ।

सिंहदरबारमा सरकारसँग भएको छलफलपछि एमाले सचेतक महेश बर्तौलाले पूर्वप्रधानमन्त्रीसहित भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर नभएको बताए ।

“सरकार कथनप्रति जिम्मेवार छैन । जिम्मेवारबोधका साथ अघि बढ्न तयार छैन । भएका सहमति कार्यान्वयन गर्न जिम्मेवार छैन,” उनले भने, “सम्झौता गरेर टार्ने छ । यसले दुःख पाइरहेको छौँ ।”

एमालेले तस्करीका जालो तलैसम्म जानेगरी कार्यदेश बनाउनुपर्ने बताए । विगतका छानबिनलाई पनि अध्ययन गरिनुपर्ने पक्षमा आफूहरू रहेको उनले बताए ।

छुटछुट्टै छलफल गरेर आजै फेरि संवाद हुनसक्ने उनको भनाइ छ ।

गएको भदौ ६ गते सीआईबीको अनुसन्धानपछि आयोग बनाउने विषयमा संसद्का राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति जुटेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्