site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतले क्यानडामा रहेका र जान चाहने आफ्ना नागरिकलाई भन्यो– अत्यन्त सावधानी अपनाऊ

काठमाडौं । भारतले क्यानडामा रहेका र क्यानडा जान चाहने आफ्ना नागरिकलाई ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार एक ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सावधानीका लागि आग्रह गरेको हो । 

क्यानडामा बढ्दो भारतविरोधी गतिविधि र घृणा अपराधलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिकहरू र यात्रा गर्ने विचार गर्नेहरूलाई अत्यन्त सावधानी अपनाउन अनुरोध गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

Argakhachi Cement Island Ad

हालैका धम्कीहरूले विशेष गरी भारतीय कूटनीतिज्ञहरू र भारतविरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका वर्गहरूलाई लक्षित गरेको ट्राभल एडभाइजरीमा उल्लेख छ ।

“यसकारण भारतीय नागरिकहरूलाई क्यानडामा यस्ता घटनाहरू देखिएका क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न सल्लाह दिइन्छ,” ट्राभल एडभाइजरीमा भनिएको छ ।

क्यानडामा रहेको भारतीय वाणिज्य दूतावासले त्यहाँ रहेका भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्ने पनि जनाइएको छ । 

क्यानडामा बिग्रिएको सुरक्षा वातावरणलाई ध्यानमा राख्दै भारतको विदेश मन्त्रालयले विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र सतर्क रहन अनुरोध गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्