site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुवास नेम्वाङका छोरा भन्छन्– बुबाका सपना पूरा गर्छु

मङ्गलबारे । स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफू लागि पर्ने बताएका छन् । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उनले बुबाका अधुरा सपना पूरा गर्न लागि पर्ने बताएका हुन् ।

बुबाको निधनले इलाम मात्र नभई सिङ्गो मुलुक नै शोकमा परेको उल्लेख गर्दै उनले सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झन्डा झुकाएर बुबाप्रति सम्मान व्यक्त गरेको बताए ।

इलामेली जनताको मायाका कारण संसद्‌मा पुगेर जनताको आवाज बोलेका कारण पनि सधैँ  इलामेलीको मस्तिष्कमा रही रहने उनको भनाइ थियो । उनले आफ्ना बुबाले सधैँ निष्ठावान् राजनीति गरेको पनि बताए । रासस

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २१:५५
प्रतिक्रिया दिनुहोस्