site stats
बाह्रखरी :: Baahrakhari
देश
सीआईबीले प्रतिवादी नबनाएका सुब्बालाई मुद्दा, चिनियाँ नागरिक गोम्बोलाई उन्मुक्ति

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६१ किलो सुन प्रकरणमा २९ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

तीनजना फरारसहित २९ जनाविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सीआईबीले प्रतिवेदनमा प्रतिवादी बनाउन राय प्रस्तुत गरेका चिनियाँ नागरिक गोम्बोको नाम भने हटाएको छ । गोम्बो फरार रहेको र अभियोग प्रमाणित गर्न कठिन हुने भन्दै सीआईबीलाई थप अनुसन्धानको निर्देशन दिइएको छ ।

यस्तै, सीआईबीले क्यान्सरका रोगी भएको भन्दै रुक्मिना सुब्बालाई प्रतिवादी नबनाउन राय प्रस्तुत गरेकोमा सरकारी वकिल कार्यालयले उनलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्