site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेम्वाङको शोक प्रस्ताव पारित गर्न राष्ट्रियसभा बैठक बोलाइयो 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बोलाइएको छ । 

संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको मंगलबार निधन भएको हो । 

उनको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्न बैठक बोलाइएको हो । 

बैठक बिहीबार दिउँसो २ बजेर ३१ मिनेटका लागि बोलाइएको संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्