site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
जिम्मेवारीबाट भाग्न थाले सहकारी सञ्चालक, विभागले भन्यो– पन्छिन पाइँदैन

काठमाडौं । सहकारी सञ्चालकहरूले जिम्मेवारीबाट हट्न निवेदन दिन थालेपछि सहकारी विभागले सामूहिक जिम्मेवारी लिन आग्रह गरेको छ ।

विभागले सहकारी सञ्चालको जिम्मेवारी पनि सम्झाएको छ । सहकारी संघसंस्थाहरू सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण सेयर सदस्यसमेतको सामूहिक जिम्मेवारीमा रहने संस्था भएको र प्रत्येक सञ्चालक सदस्यले अध्यक्ष वा व्यवस्थापक वा अमूक व्यक्तिलाई जिम्मेवारी पन्छ आफू अलग रहन नपाउने विभागको भनाइ छ ।

"प्रत्येक सञ्चालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राखी संस्थाको र सदस्यको बृहत्तर हितमा केन्द्रित रही संस्थालाई बलियो बनाउन सामूहिक प्रतिबद्धताका साथ कार्यसम्पादन गर्नु गराउनु हुन विभागको मिति २०७९/०५/२६ को निर्णयानुसार अनुरोध गरिन्छ," विभागले भनेको छ । 

पछिल्लो समय जिम्मेवारीबाट अलग गराउन माग गर्ने गरिएको विभागले जनाएको छ । 

372726265_356951299997272_4570368338210483918_n-1694523440.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्