site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बीपी साहित्य महोत्सव स्थगित

काठमाडौं । बीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरिएको छ ।

संविधानसभा अध्यक्ष, नेकपा (एमाले)का उपाध्यक्ष एवं सांसद सुवास नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

गएको आइतबारदेखि सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बीपी साहित्य महोत्सव जारी थियो । नेम्वाङको आज बिहान निधन भएको हो ।

विज्ञप्ति पढ्नोस्–

fadsgm-1694499582.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्