site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गजेन्द्र आचार्य कोसी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त

विराटनगर । कोसीका प्रदेश प्रमुख पर्शुराम खापुङले वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यलाई प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश दिनेश यादवले आजै पद तथा गोपनियताको शपथ गराएका छन् ।

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्