site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको चीन भ्रमणबारे सिंहदरबारमा छलफल जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को आसन्न चीन भ्रमणका बारेमा छलफल गर्न सर्वदलीय बैठक बसेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको बैठक जारी छ । 

बैठकमा पूर्वप्रधानमन्त्री, संसद्‌मा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वपरराष्ट्रमन्त्रीहरूको सहभागिता छ । 

प्रधानमन्त्रीले आज साँझ परराष्ट्र विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम छ ।  

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्