site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
वाग्मती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । वाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् ।

वाग्मती प्रदेशसभामा एमालेसहितका विपक्षी दलको चेतावनीपछि बस्न नसकेको प्रदेशसभा बैठक सञ्चालनका सम्बन्धमा सभामुख पाठकले आज बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

उनले लामो समयपछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश जाने भएकाले सदन सञ्चालनका लागि सर्वदलीय बैठक बोलाएको जानकारी दिए ।

गत असार २२ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको छैन ।

भदौ १८ गतेका लागि आह्वान गरिएको प्रदेशसभा बैठक पनि सरकार र विपक्षी दलबीच सहमति हुन नसकेपछि तीनपटक स्थगित भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्