site stats
बाह्रखरी :: Baahrakhari
देश
तिंकरमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना  

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका, १ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले शुक्रबार बीओपी उद्घाटन गरे । 

दार्चुला सदरमुकामबाट ११२ किलोमिटर उत्तरतर्फ बीओपी स्थापना भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बीओपी गुल्मबाट ११ किलोमिटरको दूरीमा रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

Argakhachi Cement Island Ad

Capture-1694246320.JPG

 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्