site stats
बाह्रखरी :: Baahrakhari
कला
प्रिमियर अगावै भेनिसमा ‘दि रेड सुटकेस’लाई मेन्सन अवार्ड

भेनिस । नेपाली कथानक चलचित्र ‘दि रेड सुटकेस’ले मेन्सन अवार्ड पाएको छ । शुक्रबार (आज) भेनिस फिल्म फेस्टिभलमा प्रिमियर हुने ‘दि रेड सुटकेस’ले प्रिमियर अगावै अवार्ड जितेको हो । चलचित्रले फन्डापजियोनी फाई पर्सनो लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको निर्माण पक्षले जनाएको छ । 

चलचित्र समीक्षक, सांस्कृतिक संस्था र फिल्मकर्मीको संस्थाले स्वतन्त्र रूपमा प्रदान गर्ने यो अवार्ड ‘दि रेड सुटकेस’लाई यसमा गरिएको मिहिनेतका लागि प्रदान गरिएको संस्थाले जनाएको छ ।  

“चलचित्रले यथार्थ र कल्पनाको बीचमा रहेर काव्यिक कथावाचन गरेको छ । छायांकनको उच्चतामार्फत फिल्मले नेपाली समाजको बसाइँ सराइको दुर्दान्त कथा प्रस्तुत गर्छ । सांस्कृतिक पृष्ठभूमिमा रहेर चलचित्रले विश्वस्नीन कथा पनि प्रस्तुत गरेको छ,” जुरी साइटेसनमा भनिएको छ ।

निर्देशक फिडेल देवकोटाले अवार्डले जिम्मेवारी थपिएको बताएको आयोजकले जारी गरेको पेस नोटमा उल्लेख छ । मुख्य प्रतिस्पर्धाको निर्णय आउन बाँकी नै छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्