site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा (तस्बिरहरू)

विराटनगर । विराटनगरको राधाकृष्ण रथयात्रा बिहीबार भव्य रुपमा निकालिएको छ । वि.सं. १९८८ सालमा खटयात्राबाट सुरु भएको रथयात्रामा सहभागी हुन यसपटक भारतसहित देशका विभिन्न पालिकाका प्रमुखहरु विराटनगर आएका छन् । रथयात्रामा सहभागी हुन पोखरा, ललितपुर र धनगढीका मेयर विराटनगर आएका छन् ।‌

आपराह्न राधाकृष्ण मन्दिर परिसरबाट निस्किएको रथयात्रा मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी भएर फेरि मन्दिर प्राङ्गणमा पुगेर टुंगिनेछ ।

नौ किलोमिटर दूरीमा यात्रा गराइने रथले विभिन्न ४३ स्थानमा विश्राम लिने मूल आयोजक समितिले जनाएको छ । रथ तान्न विभिन्न स्थानबाट आएका भक्तजनको विराटनगरमा घुइँचो लागेको छ ।

रथयात्रामा नेपाल र भारतका विभिन्न निम्तालुसहित पाँच लाख सर्वसाधारण सहभागी हुने आयोजकको भनाइ छ । मूल समितिका अध्यक्ष कैलाश रेग्मीले रथयात्रामा छिमेकी मुलुक भारतका भक्तजनहरू पनि विराटनगर आएका बताए ।

रथयात्रामा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको बताइएको छ । खटयात्राको संस्करण २०२५ सालदेखि रथयात्राको रुपमा निकाल्न सुरु गरिएको हो ।

Birat-Radhakrishna-Rath-1694084161.jpg

Birat-Radhakrishna-Rath1-1694084161.jpg

Birat-Radhakrishna-Rath3-1694084163.jpg

Birat-Radhakrishna-Rath2-1694084163.jpg

Birat-Radhakrishna-Rath7-1694084166.jpg

Birat-Radhakrishna-Rath4-1694084164.jpg

Birat-Radhakrishna-Rath6-1694084165.jpg

Birat-Radhakrishna-Rath5-1694084164.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्