site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रमेश लेखक भन्छन्– आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै देखियो 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले बुधबार रिपोर्टर्स क्लबबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहारको घटना क्रूरतापूर्ण रहेको बताए ।

“यो आक्रमण हेर्दा प्रस्ट देखिन्छ, आक्रमणकारीको ज्यान मार्ने नै उद्देश्य हो । ज्यान मार्नकै लागि गरेको प्रहार अत्यन्त क्रूरतापूर्ण, सांघातिक र बर्बर प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ,” उनले भने ।

सांसद लेखकले आक्रमणको घोर निन्दा गरे । पक्राउ परेका दोषी र अरू कसैको संलग्नता भए कारबाही गर्न दलको तर्फबाट उनले माग गरे ।

उनले यो घटना सामान्य नभएको बताए । अर्को प्रतिनिधिसभाको बैठकमा यस घटना र त्यसपछि गरिएका कामका बारेमा जानकारी गराउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानकर्षण गराए ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्