site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतले नेपाली विद्यार्थीलक्षित नर्सिङ कलेज चलाएको छैन : आयोग

काठमाडौं । भारत सरकारले पछिल्लोपटक नेपाली विद्यार्थीलाई लक्षित गरेर नर्सिङ कलेजहरु सञ्चालन नगरेको चिकित्सा शिक्षा आयोगले दाबी गरेको छ ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले भारतले नेपाली विद्यार्थीलाई लक्षित गरेर १५७ वटा नर्सिङ कलेज सञ्चालन गरेको दाबी गरे ।

सीटीईभीटीले पनि चिकित्सा शिक्षा ऐन मान्नुपर्छ भन्दा विषय म्यानुपुलेट गर्न यस्तो हल्ला फिँजाइएको उनले बताए । तथ्यांकको खोजी गर्न र हल्लाको पछि नलाग्न उनले अनुरोध गरे ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्