site stats
बाह्रखरी :: Baahrakhari
देश
अमेरिकी सेनाको टोली नेपाल आउँदै

काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासका लागि अमेरिकी सेनाको टोली काठमाडौं आउन लागेको हो ।

४०औँ संस्करणको संयुक्त सैन्य अभ्यास यही भदौ २४ देखि असोज १२ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्