site stats
बाह्रखरी :: Baahrakhari
देश
यी नदी तथा खोलामा बाढीको सम्भावना
फाइल तस्बिर

काठमाडौं । केही नदी तथा खोलामा आज जलसतह बढ्ने सम्भावना रहेको छ । 

झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रुकुम पूर्व, रुकुम पश्चिम भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

कालिकोट, अछाम, बझाङ, बाजुरा र आसपास भएर बहने केही नदी तथा खोलामा पनि बाढीको सम्भावना रहेको छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाको भनाइ छ । यद्यपि, जलसतह सतर्कता तहभन्दा तलै हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  ०८:३१
प्रतिक्रिया दिनुहोस्