site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–१६ साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । भारतसँग १–० ले पराजित भएसँगै नेपाल साफ यू–१६ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । 

बुधबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न खेलमा भारतलाई जित दिलाउन मोहम्मद अर्भासले गरेको गोल निर्णायक बन्यो । अर्भासले ३३औँ मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । 

Argakhachi Cement Island Ad

यो हारसँगै समूह ‘ए’मा रहेको नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशसँग पनि १–० को नै हार व्यहोरेको थियो ।

नेपालविरुद्धको जितसँगै भारत भने समूह विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि समूह चरणको पहिलो खेलमा बंगलादेशलाई १–० ले हराएको थियो ।

भारतले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ बाट पाकिस्तानले दुई खेल जित्दै विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरिसक्दा अर्को एक टिमको टुंगो लाग्न भने बाँकी छ । यो समूहमा पाकिस्तानसँगै घरेलु टिम भुटान र माल्दिभ्स छन् ।
 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्