site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
राइड टू मोटो जीपी : काठमाडौंदेखि भारतको नोएडासम्म यामाहाको राइड

काठमाडौं । यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने उद्देश्यले ‘राइड टू मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ।

भारतमा हुन लागेको मोटो जीपी हेर्न पहिलो पटक राइड गर्न लागिएको यामाहाले जनाएको छ ।

Argakhachi Cement Island Ad

यामाहा नेपालले पहिलो पटक १० जना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेसनल सर्किट, नोएडासम्म लैजाने भएको हो, त्यहाँ राइडरहरूले मोटो जीपी हेर्नेछन् ।

यसै सेप्टेम्बर २० देखि नक्सालको ब्लू स्क्वायरबाट सुरु हुने राइड मोटो जीपीको अवलोकन गरी काठमाडौं फर्केर सेप्टेम्बर २७ मा सम्पन्न हुनेछ ।

छानिएका यामाहा राइडरहरूले मोटो जीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेसिङमा सहभागी हुन पाउनेछन् । भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म मोटो जीपी हुँदै छ।

यामाहाले नेपाली समुदायका बीचमा रेसिङको भावनालाई जगाउन र यसका स्पोर्ट्स मोटरसाइकल र मोटो जीपीप्रति उत्साहीको भावना मनन् गर्दै ‘राइड टू मोटो जीपी’ को इभेन्ट तयार गरेको बताएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्